देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी खारेजीको माग निर्वाचन आयोगद्वारा अस्वीकार

देशान्तर

काठमाडौँ– माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ।

आयोगका एक अधिकारीका अनुसार आयोगको आइतबारको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो।

आयोगले नेकपा माओवादी केन्द्रले आफ्ना गतिविधि निरन्तर रुपमा आयोगलाई अध्यावधिक गरेकाले माओवादीलाई अवैधानिक ठहर गर्न नसकिएको ती अधिकारीले बताए।

माओवादी पृष्ठभूमिका एमाले नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभू साह, मणि थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट लगायतले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवदेन दिएका थिए।