देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता हुन्न,: रामकुमारी झाक्री

देशान्तर

काडमाडौं – एमाले नेत्रृ राकुमारी झाक्रीले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने बताएकाी छिन् ।

अदालतमा निवेदकको रूपमा रहेका सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिने कुरै नआउने झाक्रीले स्पष्ट पारे।

सोमबार ट्विट गर्दै झाक्रीले हस्ताक्षर फिर्ता लिन्छन् भनेर भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे ।

हिजो एमालेको कार्यदल स्तरमा १० बुँदे सहमत्ति भएको थियो । त्यही आधारमा प्रतिनिधिसभा विघटनसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दामा एमालेका २३ जना सांसदको हस्ताक्षर फिर्ता हुने हल्ला भएपछि झाक्रीको यस्तो भनाइ आएको हो ।

उहाँले वरिष्ठ नेता माधव नेपाल टिमको केन्द्रीय सदस्यहरुको बैठक बसी १० बुँदे सहमत्तिबारे संस्थागत धारणा आउने जानकारी दिए ।

स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य नहुने र बैठकमा जाने कुरा हुन्न, झाक्रीले भनेकी छन।

आज एमालेको स्थायी कमिटीको बैठक छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालबीच भेट गराउने तयारी भएको बताइएको छ ।