देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकाबाट ल्याइएको खोप ५० देखि ६४ वर्षकालाई लगाइने

देशान्तर

काठमाडौं – अमेरिकाले आज नेपाललाई १५ लाख ३४ हजार ८५० हजार डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको छ । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे ।

बालुवाटारमा आयोजित अर्को एक कार्यक्रममा राजदूत बेरीले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरे । अमेरिकी राष्ट्रपति बाइडेनले जी–सेभेन सम्मेलनमा घोषणा गरेको खोप योजनाकै हिस्सा अन्तर्गत रहेर नेपालले १५ लाख डोज खोप पाएको हो ।

कोभ्याक्स संयन्त्रअन्तर्गत रहेर अमेरिकाले खोप उपलब्ध गराएको हो । खोप हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत बेरीले नेपालको कोभिड- १९ महामारीविरुद्ध अमेरिका सँगै नेपालको साथमा रहेको बताए ।

स्वास्थ्यमन्त्री श्रेष्ठले अर्को अमेरिकी खोप फाइजर आपूर्तिका लागि समन्वय गरिदिन राजदूत बेरीलाई आग्रह गरे । बालुवाटारमा आयोजित कार्यक्रममा खोप ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कोभ्याक्स र राष्ट्रपति बाइडेनलाई धन्यवाद दिए ।