देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अदालतको फैसला संसदीय शासन प्रणालीविरुद्ध भयो : एमाले

देशान्तर

काठमाडौं – नेकपा एमालेका नेता एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म र भावना विपरीत भएको बताएका छन् ।

यसले व्यक्तिगत कुण्ठालाई संस्थागत गरेको र शक्ति प्रथकीकरणको सिद्धान्तलाई धुलिसात पारेको समेत उनले दाबी गरे । सर्वोच्चले सोमबार संसद पुनस्र्थापना गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । साथै संविधानको धारा ७६-५ मा अनुसार सरकार गठन प्रक्रियामा सहभागी हुँदा सांसदलाई ह्वीप नलाग्ने फैसला सुनाएको छ ।

सर्वोच्चको फैसला संविधानको मर्म र भावना विपरीत भएको भन्दै उनले अघि भने, ‘संविधान एवं संवैधानिक नैतिकताको जामा पहि¥याएर गरेको फैसला संसदीय शासन प्रणालीविरुद्ध छ ।’

यो फैसलाले देश, जनता र राजनीतिक दलहरुले खोजेको निकासलाई अवरुद्ध गरेको भन्दै खरेलले भने, ‘यसले व्यक्तिगत कुण्ठालाई संस्थागत रुपमा निकास दिएको छ । विनम्रताका साथ भन्छु, यो फउल गोल हो ।’