देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

प्रधानमन्त्रीको सम्बोधनकै कारण दिउँसो एक बजे हुने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगन गरिएको उनले बताए । सर्वोच्च अदातलको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनस्स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै ओलीले सम्बोधन गर्न लागेका हुन् ।