देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युरोकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, रोनाल्डो र केन परेनन्

देशान्तर

काठमाडौँ – युरोपियन फुटबल महासंघ (युइएफए) ले युरोकपको टिमको घोषणा गरेको छ । प्रतियोगिताको टिममा उपाधि जितेको इटालीका ५ खेलाडी परेका छन् । जसमा इटालीबाट गोल किपर गियानलुइगी डोनारुमा डिफेन्डर लिओनार्दो स्पिनाजोला र लिओनार्दो बोनुची, मिडफिल्डर जोर्जिन्हो तथा फरवार्ड फेडेरिको चेइसा रहेका छन् ।

त्यस्तै उपविजेता बनेको इङल्याण्डका तीन खेलाडी परेका छन् । जसमा रहीम स्टरलिङ, किल वाल्कर र ह्यारी मग्युरे रहेका छन् । त्यस्तै स्पेनबाट युवा खेलाडी पेड्री, बेल्जियमबाट रोमेलु लुकाकु र डेनमार्कका पिएर्रे एमिली होजजेर्ग रहेका छन् ।

युरोकपको यस सूचीमा गोल्डेन बुट विजेता क्रिस्टियानो रोनाल्डो, धेरै गोलको सुचिमा दोस्रो स्थानमा रहेका इङल्याण्डका ह्यारी केन, फाइनलसम्म नै उत्कृष्ट प्रदर्शन गरेर इटालीलाई उपाधि दिलाएका डिफेन्डर कप्तान जिओर्जिनो चिएलेनीले युरोकपको प्रतियोगिताको टिममा स्थान बनाउन सकेका छैनन् । युइएफएले पूर्व खेलाडी तथा हाल र पूर्व कोचसहितको १६ सदस्यीय टेक्निकल टिमले टिम अफ द टुर्नामेन्ट चयन गरेको जानकारी दिएको छ ।