देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोपी ओली बालकोट सर्दै

देशान्तर

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार आज छाड्ने भएका छन् ।

४१ महिना अघिद्ध प्रधानमन्त्रीमा नियुक्त भएपछि बालुवाटार प्रवेश गरेका ओली सर्वोच्च अदालतको परमादेश अनुसार पद मुक्त भएपछि बालुवाटारबाट आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् ।
ओलीलाई युथफोर्सले बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लाने भएको छ ।

बिहान ११ बजे हजारौं बाइक र गाडीले स्कटिङ्ग गर्दै ओलीलाई बालकोट लाने युवा संघले जनाएको छ ।

सांसद महेश बस्नेतले बालुवाटारदेखि बालकोटसम्म गाडी र बाइकको लाइन हुने बताए ।

कौशलटारदेखि बालकोटसम्म सडकको दायाँ बायाँ मानिसहरुले पुष्पगुच्छासहित ओलीलाई स्वागत गर्नेपनि बस्नेतले जानकारी दिए ।