देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोगद्धारा चुनावका सबै कार्यक्रम रद्द

देशान्तर

काठमाण्डौ – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । तर सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसलासँगै आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ ।

चुनावका लागि आयोगले केही कार्यक्रम अघि बढाएको थियो भने सरकारले बजेट पनि छुट्याएको थियो ।