देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनमोर्चा सरकारमा नजाने

देशान्तर

काठमाडौं । विपक्षी गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

बाहिरबाटै देउवा सरकारलाई पार्टीको समर्थन रहने जानकारी दिंदै उपाध्यक्ष पौडेलले भनिन्, ‘तर अहिले हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।’

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । एक मात्र सांसद दुर्गा पौडेलले कांग्रेस माओवादी जसपा गठबन्धनमा साथ दिंदै आएकी थिइन् । उनलाई सरकारमा सहभागी हुने गठबन्धनका नेताहरुले आग्रह गरेका थिए । तर, पार्टीले सरकारमा नगई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको हो ।