काठमाडौं– नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले बिहिबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरे।
प्रचण्डले अष्ट्रेलियासँग नेपालको निकै लामो अवधिदेखि सम्बन्ध रहेको उल्लेख गर्दै नेपालका लागि पुर्याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरे।
सो अवसरमा अध्यक्षले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन्। आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन्।





प्रतिक्रिया