देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापतिका आकंक्षीलाई समेट्दै संस्थापन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसंगै कार्यबाहक सभापति रामचन्द्र पौडेलले संस्थापन पक्षका नेता फकाएर साझा उम्मेदवार बन्न लागि परेका छन्। बरिष्ठ नेता शेरवहादुर देउवा पनि एक दुई दिनभित्रैमा प्यानलसहित उम्मेदवारी घोषणा गर्ने तयारीमा छन्।  

साझा उम्मेदवार बनाउन भन्दै केन्द्रीय सदस्य रामशरण महतको निवासमा बिहीवार संस्थापन पक्षका नेताको गोप्य बैठक बसे पनि सभापतिका आकांक्षीले दाबी छोडेका छैनन्। सभापति सुशील कोइरालाको निधनपछि आफू स्वभाविक उम्मेदवार भएको कार्यबाहक सभापति पौडेलले दाबी गरेका छन्। बिहीवार साँझको बैठकमा उनले अन्य आकांक्षीसंग सहयोग मागेका छन्। दर्जन नेता उपस्थित भेटमा पौडेलले सबैलाई उचित अवसरसहित पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै सहयोग मागेका हुन्।

तर सभापतिका आकांक्षी महामनत्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले पार्टी नेतृत्व लिनका लागि पौडेलसंग कार्ययोजना मागेका छन्। नागरिक दैनिकमा समाचार छ। 

]]>