देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेटेरै बधाई दिएका छन् ।

देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन सामाजिक सन्जाल ट्वीटरमार्फत् बधाई दिएका राजदूत बेरीले बिहीबार देउवालाई भेटेका हुन् ।

देउवालाई भेट्न राजदूत बेरी बिहीबार बुढानीलकण्ठस्थित निवास पुगेका थिए । भेटमा राजदूत बेरीले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको देउवाको सचिवालयले जनाएको छ ।