देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।