देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस पदाधिकारी बैठक बस्दै, मन्त्री छनोट र महाधिवेशनबारे छलफल हुने

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार आज दिउँसो २ बजे बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने छ ।

पार्टीभित्र सन्तुलन मिलाएर बाँकी मन्त्री टुंग्याउने काँग्रेस नेताहरुको तयारी छ । यस्तै पार्टीको आसन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने छ । क्रियाशील सदस्यता छानबिन समितिले असार समान्तसम्म काम सक्ने भने पनि अझै केही काम बाँकी छ ।

जसले साउन १२ गतेदेखि सुरु हुने वडा अधिवेशनमा प्रत्यक्ष प्रभाव गर्ने देखिएको छ । भदौँ १६–१९ का लागि निर्धारित महाधिवेशनको मितिबाहेक कार्यतालिका फेरि संशोधन गर्ने काँग्रेसको तयारी छ ।