देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले बैठकको निर्णय: कार्यदलको १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल विघटन

देशान्तर

काठमाडौँ – नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदलले गरेको दसबुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ ।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए ।

ज्ञवालीका अनुसार सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको छ । नेपाल समूहका नेता भने अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित रोक्न नमानेको भन्दै बाहिरिएका थिए ।