काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववर्ती सरकारकै निरन्तरता दिन खोजेको आरोप बृहत नागरिक आन्दोलनले लगाएको छ । बृहत नागरिक आन्दोलनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेकै दिन नेपाली काँग्रेसको बैठक बालुवाटार बोलाएर पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिनखोजेको आरोप लगाएको हो ।
बालुवाटारलाई पार्टी बैठकस्थल मात्र होइन, पार्टी नेता-कार्यकर्ताको आश्रयरविश्रामरभेटघाट स्थलसमेत नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत नागरिक आन्दोलनले सरकारकोको ध्यानाकर्षण गराएको छ ।
काँग्रेसले आजै पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ ।





प्रतिक्रिया