काठमाडौँ । निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।
आयोगको आजको बैठकले साउन ३ गते आइतबारदेखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगित गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुनः स्थापनासगैँ मतादाता नमावली सङ्कलन तथा अद्यावधिक सुचारु गरिने भएको हो ।





प्रतिक्रिया