देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खोप केन्द्र बढाउन प्रधानमन्‍त्री देउवाको निर्देशन

देशान्तर

काठमाडौँ– प्रधानमन्‍त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार खोप केन्‍द्रहरू बढाउन निर्देशन दिएका छन् । खोप केन्‍द्रमा लामो लाइन देखिएको भन्‍दै मुख्‍यसचिव र स्वास्‍थ्य सचिवलाई खोप केन्द्रहरू बढाउन निर्देशन दिएको प्रधानमन्‍त्री देउवाको सचिवलायले जनाएको छ ।

सचिवालयकाअनुसार खोप केन्‍द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउनसमेत प्रधानमन्‍त्री देउवाले निर्देशन दिएका हुन् ।