काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपा को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ ।
निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए
आइतबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाइएको छ । संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भने खासै छलफल नभएको नेताहरुले बताएका छन् ।
जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । ओलीले पनि ठाकुर पक्षका नेताहरुलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा लगेका थिए । तर १९ दिनमै सर्वोच्च अदालतको आदेशका कारण ठाकुर पक्ष सरकारबाट बाहिरिएको थियो ।





प्रतिक्रिया