देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शशांक निवासमा तीन कोइरालाको लञ्च मिटिङ

देशान्तर

काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल शुरु भएको छ ।

१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा। शशांक कोइराला र केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै तयारी तीव्र पारेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने बताउँदै आएकी छन् ।

कोइराला परिवारका यी तीन जना नै एकजुट नहुने अवस्था आएपछि परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो । शनिबार दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशा‌क र सुजाताबीच खानासहितको बैठक शुरु भएको छ ।

संस्थापनइतर समूहबाट सभापतिका आधा दर्जन बढि आकांक्षी देखिएका छन् । तर कोइराला परिवारभित्रबाटै शेखर र शशांकले सभापतिका लागि बलियो उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

महामन्त्री कोइरालाले आफूहरुबीच सहमतिमा एउटा मात्रै उम्मेदवार बन्ने बताउँदै आएका छन् । शेखरले भने आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिँदै आएका छन् । १४ औं महाधिवेशनमा नेतृत्वका लागि दोहोरिन कांग्रेस सभापति शेरबहादुर देउवाले तयारी अगाडि बढाइसकेका छन् ।

संस्थापन समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर संस्थापन समूहबाट निधिका पक्षमा नेताहरु खुलेका छैनन् ।