जनकपुरधाम – प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्वारी पाउने भएको छ।
माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका छन्। उक्त मन्त्रालयमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह र राज्यमन्त्रीमा कुशवाहाको ठाउँमा रुवी कर्णलाई जिम्मेवारी दिने निश्चित भएको छ।
यादवले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व गर्दै आए पनि पछिल्लो समयमा कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मन्त्रालय फुटाएर आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाइएको छ।
राजीनामा दिएका मन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ समेत गरिसकेका छन्। माओवादीबाट मन्त्री बन्ने साह र राज्यमन्त्री कर्णले आजै दिउँसो ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।





प्रतिक्रिया