देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विप्लपका कार्यकर्ता पक्राउ

देशान्तर

रुपन्देही– कपिलवस्तुमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । सार्वजनिक यातायातको भाडामा भएको वृद्धिको विरोधमा आयोजित कार्यक्रम स्थलबाट उनीहरु पक्राउ परेका हुन् ।

भाडा वृद्धिको विरोधमा युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले शनिबार आयोजना गरेको भाडा दर अनुगमन तथा सचेतना कार्यक्रमअन्तर्गत कपिलवस्तुको पिपरामा भएको कार्यक्रमस्थलबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा युवा संगठन कपिलवस्तुका जिल्ला अध्यक्ष बादल, अखिल क्रान्तिकारीका कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णुबहादुर राउत,अर्घाखाँची अध्यक्ष नवीन खड्का लगायतका जिल्लास्तरका नेता कार्यकर्ता छन् ।

कार्यक्रमस्थलमा प्रहरीले घेरा हालेपछि केही समयमा नियन्त्रणमा लिएको थियोे । नियन्त्रणमा रहेका नेता कार्यकर्तालाई पिपरा प्रहरी चौकीमा राखिएको सो पार्टीले जनाएको छ ।