देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको निर्वाचन समितिमा अधिवक्ता रावल नियुक्त

देशान्तर

 

काठमाडौं –नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कञ्चनपुरका अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् । समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो ।

सभापति देउवाले कांग्रेसको विधानको धारा २५ उपधारा ९ बमोजिम उनलाई नियुक्त गरेका हुन् । कांग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो ।

पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन् । यसअघि समिति संयोजक राधेश्याम अधिकारी थिए । उनले राजीनामा दिएपछि यादवलाई संयोजक तोकिएको हो ।