देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवालाई विश्वासको मत दिन दिल्लीबाटै खनालको अपील

देशान्तर

काठमाडौँ – भारतको नयाँदिल्लीमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन सांसदहरुलाई अपील गरेका छन्।

दिल्लीबाटै एक विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

आइतबार ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूचि छ ।

देउवालाई माधव समूहका केही सांसदले विश्वासको मत नदिए संसद विघटन हुने निश्चित छ। तर एमाले वरिष्ठ नेता खनालले विश्वासको मत दिएर संसद जोगाउन एमाले सांसदहरुलाई अपील गरेका हुन्।