देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झाँक्रीले भनिन् : देउवाको पक्षमा भोट हाल्नु हाम्रो कर्तव्य हो

देशान्तर

काठमाडौं – नेकपा एमालेका माधव पक्षकी सासंद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । सासंद झाँक्रीले संसदको पुरा कार्यकाल संचालन गर्न विवेक प्रयोग गरी पक्षमा भोट हाल्ने बताएकी हुन् ।

प्रधानमन्त्री देउवाले आज ४ बजे प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि सांसद झाँकीले देउवालाई विश्वासको मत दिनु आफनो कर्तव्य भएको बताएकी हुन् ।

एमालेको माधव पक्षको २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा मुद्दा हालेकाले पनि देउवाको पक्षमा मत दिनुपर्ने उनको दाबी छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘हामीले ७६उपधारा ५ को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो।

सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’