देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम

देशान्तर

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताएका छन् ।

‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गल्ती हुन्छ’, उनले भने । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो । वैठकले देउवालाई विश्वासको मत दिने एमाले सांसद पार्टीमा नरहने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आइतबार विश्वासको मत लिंदैछन् ।