देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री बोल्दा विपक्षी नेता उपस्थित नहुनु राम्रो भएन, मनमोहन अधिकारी आउनुहुन्थ्यो : देउवा

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दा आफु सधै उपस्थित भएको बताउदै संसदमा प्रधानमन्त्रीले बोल्दा विपक्षी नेता उपस्थिति हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिने क्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले विगतमा ओलीले प्रधानमन्त्रीको रुपमा सम्बोधन गर्दा आफु सधै संसदमा उपस्थित भएको बताउदै ओलीले भने त्यो नगरेको गुनासो गरेका छन् ।

प्रधानमन्त्री देउवाले विगतमा मनमोहन अधिकारी विपक्षी दलको नेता हुदा पनि आफ्नो भाषण सुन्न उपस्थित हुने गरेको स्मरण गराउदै ओली किन नआएको होला भन्दै प्रश्न गरेका छन् ।