देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुको हत्यामा संलग्न छोरीसहित सात पक्राउ

देशान्तर

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले बाबुको हत्यामा संलग्न छोरीसहित सातजनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले मृतककी छोरी सङ्गीता महर्जनसहित सातजनालाई मङ्लबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट घर भई हाल टोखा बस्ने सन्तोष पाण्डे, धादिङ घर भई हाल गोङ्गबु बानियाटार बस्ने विक्रम तामाङ, मकवानपुर घर भई हाल कीर्तिपुर बस्ने सूर्य रानामगर,  भोजपुर घर भई हाल कीर्तिपुर बस्ने धनकुमार तामाङ, काभ्रेपलाञ्चोक घर भई हाल बानियाँटार बस्ने हरि तामाङ र धादिङ घर भई हाल बानियाँटार बस्ने सन्तोष थापामगर रहेका छन् ।
     
टोखा नगरपालिका बस्ने ४३ वर्षीय माइला महर्जनलाई प्रहरीले गत माघ २१ ग्ते साङ्लेखोला नजिकै स्टार टाउनमा घाँटी, टाउको निधार हात छातीमा समेत धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेकाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

]]>