देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले केन्द्रिय कमिटी बैठक बस्दै

देशान्तर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

आइतबार मात्रै मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वासको मत दिएका थिए ।

त्यसैले आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

एमाले स्थायी कमिटिको बैठकले आइतबार देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले नरहने निर्णय गरेको थियो ।