देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवासंगै अमेरिकी राजदूतद्वारा खोप केन्द्रहरुको निरीक्षण

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँगै अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कोभिड–१९ विरुद्ध आजदेखि काठमाडौंमा सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको निरीक्षण गरेका छन् । देउवासँगै राजदूत बेरीले पनि ती खोप केन्द्रहरुको निरीक्षण गरेका थिए ।

उपत्यकास्थित अर्थोपेडिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालन गरेको कुपण्डोल खोप केन्द्रको निरिक्षण गरे ।

खोपलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका थिए । साथै, राजदूत बेरीले प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय समेत सम्हालेका देउवालाई खोप केन्द्रबारे चासो राखेका थिए ।

आजदेखि मुलुकका ७७ वटै जिल्लामा जोन्सन खोप अभियान संचालनमा आएको छ । गतसाता अमेरिकाबाट १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुगेको थियो ।