देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जापानी समकक्षीद्धारा देउवालाई बधाई, महामारीविरुद्ध सघाउने प्रतिबद्धता

देशान्तर

काठमाडौं – जापानले कोभिड–१९ महामारीविरुद्ध नयाँ सरकारसँग मिलेर काम गर्ने जनाएको छ । संसदबाट विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै राजदूत किकुता युकुताले महामारीविरुद्ध जापान नेपालको साथमा रहेको बताएका हुन् ।

जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा राजदूतले सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

सन् २०२२ मा नेपाल र जापानबीचको सम्बन्ध १२० औं वर्षगाँठको रुपमा मनाइने उल्लेख गर्दै राजदूतले देउवाको कार्यकालमा नेपाल–जापान सम्बन्ध थप प्रगाढ हुने जनाएका छन् ।

जापानले यसैसाता घोषणा गरेको १६ लाख डोज आस्ट्राजेनेका खोप चाँडै ल्याउने समेत उनले जनाएका छन् ।