देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले बैठकमा माधव नेपालसहित २२ जनालाई अनुशासनको कारवाहीको प्रस्ताव

देशान्तर

काठमाडौं –नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २० सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ ।

केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् ।

तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको थियो । बैठकस्थलबाट एक केन्द्रीय सदस्यले भने, पार्टीको निर्णय नमान्ने र पार्टी विरुद्ध गएर मतदान गर्नेमाथि राजनीतिक रुपमा भने पनि कारवाही गर्नुपर्छ भनेर २४ घण्टे स्पष्टीकरणको प्रस्ताव आयो,तर सिंगो हलले तत्कालै कारवाही गर्नुपर्छ भन्ने माग राखेको छ ।’

सर्वोच्च अदालतले देउवालाई समर्थन गरेका आधारमा सांसदलाई कारवाही गर्न नमल्निे भनेको छ । तर, पार्टीले विधान अनुसार राजनीतिक निर्णय गर्न सक्ने एमालेले जनाएको छ । सांसद पदबाट हटाउन नमिले पनि पार्टी अनुशासन नमान्नेमाथि पार्टीका जिम्मेवारीबाट हटाउने र सदस्यबाट समेत हटाउन सक्ने एमालेको दावी छ ।