देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोदी र देउवाबीच टेलिफोन वार्ता, खोप आपूर्ति गर्ने मोदीको प्रतिबद्धता

देशान्तर

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो चाँडो कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

नेपाली समकक्षी शेरबहादुर देउवासँग आज भएको टेलिफोन संवादमा मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका कोभिसिल्ड खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिएका थिए । साथै, द्धिपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि दुई समकक्षीबीच छलफल भएको जनाइएको छ ।

टेलिफोन संवादपछि भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै कोभिड(१९ महामारीविरुद्ध दुई मुलुक मिलेर लड्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् । वृहत हितका साझा विषयमा समेत मिलेर अघि बढ्ने दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।

भारतले नेपाललाई १० लाख डोज अस्ट्राजेनेका खोप दिन बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गरेको छैन ।