काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आज बिहान छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
नेता नेपालको निवास कोटेश्वर पुगेका दाहाल र नेपालबीच झन्डै दुई घण्टा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। नेता नेपाललाई भेटेर दाहाल बाहिरिएलगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।
नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बुझिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई विस्तार गर्ने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ।





प्रतिक्रिया