देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’

देशान्तर

काठमाडौं – कोरोना महामारी नरोकिए नेपाली कांग्रेसले महाधिवेशनमा डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिँदै आगामी दिनहरुमा प्रयोग गर्न सकिने गरी आन्तरिक डिजिटल भोटिङको व्यवस्था गरेको हो ।

विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् ।

बैठकले केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने उनले बताए । ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधिमार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने विभागले जनाएको छ ।

डिजिटल भोटिङको नमुना प्रदर्शनीको आन्तरिक कार्य योजनासमेत बैठकले तय गरेको छ । जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको सचिव थापामगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।