देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवालाई विप्लव चन्दले भेट्दै

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट्दैछन् ।

यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । विप्लवसहितका नेताहरुले अपरान्ह चार बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री देउवालाई भेट्न लागिएको विप्लव निकट एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री देउवा र विप्लवको भेटमा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुने स्रोतले जनाएको छ ।