काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । वरिष्ठ नेता नेपालले बाढी, पहिरो र डुबानबाट आक्रान्त जनताको पीडालाई पनि तत्काल सम्बोधन गरी हुने राहतको प्रबन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।
नेता नेपालले भ्रष्टाचार मुक्त नेपाल बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्न तथा हावादारी योजना नल्याउन पनि आफूले प्रधानमन्त्री देउवालाई सुझाव दिएको पनि स्मरण गराए । वरिष्ठ नेता नेपालले भ्रष्टाचारले मुलुक आक्रान्त बनाएकाले त्यसको अन्त्य गर्न सरकार केन्द्रित हुनुपर्ने स्पष्ट पारे ।





प्रतिक्रिया