काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई साउन ११ गते आयोगमा डाकेको छ । जसपाको विवादमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वमा रहेको इजलासले दल दर्ताको वखतका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराउन आदेश दिएको हो । ‘
साउन ११ गते दल दर्ता हुँदाका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई नागरिकताको सक्कल कपी, मतदाता परिचयपत्रको सक्कल कपी लिएर को-कता भनेर सनाखत गराउन आदेश भएको छ’, आयोग स्रोतले भन्यो । जसपाको कार्यकारिणी समितिमा ५१ सदस्य छन् । अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएको छ । आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पछि विस्तार गरेको समितिका पदाधिकारीलाई भने मान्यता दिएन ।






प्रतिक्रिया