देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेसले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिदै विगतको गलत परम्परालाई तोड्दै अबदेखि काँग्रेसको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा नगरिने बताएका हुन् ।

महामन्त्री खड्काले काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक शुक्रबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने समेत जानकारी दिएका छन् । यसअघि प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमै सरेको दिन साउन १ गते काँग्रेसले पदाधिकारी बैठक सरकारी निवासमा राखेको भन्दै विरोध र आलोचना भएको थियो ।