देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अधिवेशनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

देशान्तर

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवालेसमेत पार्टीका कुनै पनि बैठक बालुवाटारमा नगर्ने वचन दिनुभएको छ ।
आजको बैठकले कांग्रेस महाधिवेशन केही पछि सार्ने र क्रियाशील विवादबारे निर्णय गर्ने बताइएको छ ।

केन्द्रीय महाधिवेशनको मितिमा असर नपर्ने गरि तल्लो तहका अधिवेशनको मिति सार्ने विषयमा छलफल केन्द्रीत हुने छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको चरणमा रहेको र आइतबारसम्म सभापति देउवालाई बुझाउने तयारी भइरहेको नेता प्रदीप पौडेलले देशान्तरलाई जानकारी दिए । विवाद सुल्झिन बाँकी रहेका ठाउँको विवादलाई थाती राखिएको पनि उनले बताए ।