देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस क्रियाशील छानबिन समितिले आईतबार देउवालाई प्रतिवेदन बुझाउने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितीले अन्तिम प्रतिवेदन आइतवार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ। साउन ३० गते पार्टी सभापतिलाई प्रतिवेदन बुझाउने गरी गठन भएको समितीले क्रियाशील विवाद बढेपछि थप समय मागेको हो।

नेपाली काँग्रेस केन्द्रीय पदाधिकारीको शुक्रबाारको बैठकमा लेखकले प्रारम्भिक प्रतिवेदन पेश गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शुक्रबारबिहान ९ बजे पार्टीको आसन्न महाधिवशेनबारे छलफल गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बसेको थियो।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ बाट काठमाडौंमा हुने तय भएको छ। यकांग्रेस क्रियाशील छानबिन समितीले क्रियाशील सदस्यताको टुंगो लगाउन सकेको छैन। जिल्लाजिल्लाबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा क्रियाशील वितरणमा धाँधली भएको भन्दै धर्ना जारी रहेको छ।

क्रियाशील छानबिनको टुंगो नलागेसँगै वडा तहको अधिवेशन अनिश्चित बनेको छ। शरक्रबारको बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले महाधिवेशनबारे आफ्नो राय पेश गरेका थिए। कांग्रेस पदाधिकारी बैठक भोलि ९ बजे बस्ने गरी स्थगित भएको छ।