देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थापाद्वारा एन्फाको टेक्निकल कमिटीबाट राजिनामा

देशान्तर

काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष कृष्ण थापाले प्राविधिक कमिटीको संयोजकबाट राजिनामा दिएका छन । सो कमिटीका संयोजक रहेका थापाले शुक्रबार एन्फामा आफ्नो राजिनामा बुझाएका छन ।

अध्यक्ष कर्माछिरिङ शेर्पालाई उदृत गर्दै उनले राजिनामा पत्र बुझाएका हुन । जसमा उनले आफु टेक्निकल समितीको संयोजक हुँदा आफुलाई कुनै जानकारी नै नदिई एन्फाले काम गरेको आरोप लगाएका छन ।

उनले पत्रमा केन्द्रिय कार्यकारीणी समितिको बैठकबाट आफुलाई टेक्निकल कमिटिको संयोजकको जिम्मेवारी दिइएपनि कुनैपनि जानकारी नदिएर राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको करार थप्ने, एकेडेमीका लागि यू १३ खेलाडीको अन्तिम नामावली प्रकाशित गर्ने, बी लाइसेन्स कोर्षको आयोजना गर्ने लगायतका काम गरेको आरोप लगाएक छन् ।

उनले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका थापा खेलाडी जीवनपछि एन्फामा विभिन्न पदमा रहेर काम गरेका थिए । उनी एक समय राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए ।