काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना भाइरस नियन्त्रणसँगै भ्रष्टाचारको भाइरस पनि नियन्त्रण गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले ओली सरकारले बढाएको भ्रष्टाचारलाई नियन्त्रण गर्ने जिम्मेवारी प्रधानमन्त्री देउवाको काँधमा आएको बताए।
उनले कोरोनाविरुद्ध लड्नका लागि सरकारले खोपलाई प्राथमिकतामा राखिसकेको पनि बताए। उनले रेल पनि चलिसकेको र पानी जहाज पनि आइसकेको भन्दै ओली सरकारप्रति ब्यङ्ग्य गर्दै भने, सबै कुरा ओलीजीले गरिसक्नुभएको छ, हाम्रो प्रधानमन्त्रीलाई सजिलै होला अब।’
उनले संविधान र कानुनका विद्यार्थी भन्नेहरुले संविधानको गलत व्याख्या गरेको आरोप लगाए।





प्रतिक्रिया