देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिबाट संविधानको उल्लंघन भयो: महेन्द्र राय यादव

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले राष्ट्रपतिबाट संविधान, ऐन र कानुको उल्लंघन भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै यादवले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम १ सय ४९ सांसद्ले हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि दावी गर्दा पनि राष्ट्रपतिले संविधान, ऐन र कानुनको उल्लंघन गर्दै नियुक्ति नगरिएको बताए । संविधान, ऐन र कानुनको संरक्षण र पालनामा जोड दिनुपर्ने राष्ट्रपतिबाट त्यसको उल्लंघन भएकाले त्यसलाई सर्वोच्च अदालतले सच्याएको बताए ।

प्रतिनिधिसभा विघटन गर्ने गलत कदममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मात्र नभएर आफ्नै पार्टीका केही नेताहरू सहभागी भएको नेता यादवले दुःख व्यक्त गरे । उनले जसपाका केही पात्रले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्न केपी ओलीलाई हौस्याएको भण्डारीको आरोप छ ।

यादवले सरकारको ध्यान महामारी नियन्त्रण, प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनिकरण र ओली नेतृत्वको सरकारले गरेका गलत कामलाई सच्याउँदै त्यस्ता गल्ती नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानार्षण गराउँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।