काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट सरकारमा हुँदा पनि युवा विदेशीनु परेको र राष्ट्रियतामा सौदाबाजी भएको टिप्पणी गरेका छन् ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कम्युनिष्ट र गैरकम्युनिष्टबीच भिन्नता छुट्याउन गाह्रो भएको बताए।
कम्युनिष्ट आन्दोलनमा विश्वव्यापी रुपमा संकट आइरहेको भन्दै उनले त्यसमा निजी सम्पती जोड्ने विषय पनि एक भएको बताए । केसीले भने, ‘कम्युनिष्ट भनिरहने अनि व्यक्तिगत सम्पति कमाइरहने रु यो विश्वव्यापी संकट हो ।’
एमाले भित्रको एक पक्षले संघर्ष गर्दा संविधान जोगिएको केसीको भनाइ छ । ‘एमाले भित्रका साथीहरुले संघर्षको झण्डा उठाउनु भयो, संविधान जोगाउनु भयो,’ उनले भने, ‘सबैको संयुक्त आवाजले प्रतिगमनले घुँडा टेक्यो रु





प्रतिक्रिया