देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विक्षिप्त भएका ओली बालकोटको बार्दलीमा बर्बराइरहेछन्‌ : प्रचण्ड

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली विक्षिप्त भएर बालकोटको बार्दलीबाट बर्बराउन थालेको बताएका छन्।

आफूहरूले संविधान र देश नै दुर्घटनाको डिलका परिसकेको अवस्थालाई फर्काउन सफल भएपछि ओलीको बर्बराहट शुरू भएको उनले बताए।

नेपाली जनताको स्वतन्त्रता, राष्ट्रियता र लोकतन्त्र जोगाउने ठाउँमा आफूहरू आइपुगेको भन्दै प्रचण्डले ओलीको बर्बराहट अब धेरै दिन नरहेको तथा उनलाई पार्टीभित्रका सदस्यले नै चिनिसकेको दाबी गरे।

ओलीले आफ्ना पार्टीभित्रका सदस्यलाई हनुमान सोच्ने गरेपनि यो त्रेतायुग होइन, कलियुगका हनुमानले उनलाई बोक्दैनन्‌, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,कतिपयलाई ओलीको निरंकुशता कसैले पनि ढलाउन सक्दैनन्‌ भन्ने लागेको थियो। ओलीको निरंङकुशता विरुद्धको आवाज उठाउनेप्रति खिसीट्युरी गर्थे। ओलीका अघि अरू केही होइनन् भन्ने मान्छेहरूलाई लागिसकेको थियो।

तर, माधव नेपालसहित ५ पक्षको गठबन्धनसँग मिलेर ओलीलाई पछार्न आफूहरू सफल भएको प्रचण्डले उल्लेख गरे। ओलीबाट एकपछि अर्को प्रतिक्रान्तिकारी र प्रतिगामी हर्कत भएकाले प्रतिगमन र प्रतिक्रान्तिकारी कदमलाई सच्याउन सबै मिलेर तागत लगाएको पनि उनले बताए।