देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीलाई महाराजाधिराज भनेकोमा प्रचण्डद्धारा माधव नेपाललाई धन्यवाद

देशान्तर

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई महाराजाधिराज भनेकोमा माधव नेपाललाई धन्यवाद दिएका छन् ।

शनिवार पार्टी कार्यालय पेरिस डाँडामा भएको नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै उनले ओली प्रतिगमनको नाइके भएको र आफूलाई राजा महाराजा ठान्ने अवस्थामा पुगेको बताए ।

ओलीले माधव नेपाल सहितलाई आम माफी घोषणा गरेकोमा नेता नेपालले निकै राम्रोसँग व्यङ्ग्य गरेको भन्दै धन्यवाद दिए ।

गत साउन ३ गते प्रतिनिधि सभामा शेरबहादुर देउवालाई नेता नेपालसँगै एमालेका २२ सांसदले विश्वासको मत दिएपछि ओली पक्षले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नदिँदै ओलीले आममाफीको घोषणा गरेका थिए ।

प्रचण्डले शनिबार बिहान मात्रै माधव नेपालसँग भेटवार्ता गरेको बताउँदै ५ दलीय गठबन्धन आजका दिनसम्म कायमै रहेको जानकारी गराए ।