काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपा अध्यक्ष ठाकुरबिच भेटवार्ताभएको छ । विप्लवले केही सहयोगीसहित यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसगं पनि भेटवार्ता गरेका छन् ।
शुक्रबार मात्रै उनले पूर्व पञ्च र राजावादीहरु आवद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भेटेका थिए । उक्त भेटमा दुई जनाबीच देशलाई जनमत संग्रहतिर लैजान एकमत भएको बताइएको छ ।
यही भेटघाटलाई विप्लवले शनिबार पनि जारी राखेका छन् । उनले शनिबार जनता समाजवादी पार्टीका एकजना अध्यक्ष महन्थ ठाकुरसँ पनि काठमाडौंमा भेटघाट गरेका छन् ।
दुई पक्षबीच गत फागुन २१ गते तत्कालीन ओली सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयन नै रहेको हुन सक्ने बताइएको छ ।
विप्लवले यसअघि केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, मोहन वैद्य किरण र कमल थापालाई पनि भेटिसकेका छन् ।





प्रतिक्रिया