देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्याम्पस प्रमुख नियुक्ति विषयमा नेविसंघको विरोध

देशान्तर

मोरङ – बेलबारी बहुमुखी क्यामपसमा बहालवाला निजामती कर्मचारीलाई दोहोरो सुविधा पाउने गरी क्याम्पस प्रमुख नियुक्ति गरिएको भन्दै नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले बिरोध गरेको छ ।

नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले बिज्ञप्ति मार्फत सात दिन भित्र निर्णय फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्ने तथा सम्बन्धीत निकायसम्म जाने उल्लेख गरेको छ ।

साउन १ गते बसेको क्याम्पस सन्चालक समितिको निर्णय अनुसार क्याम्पसलाई विबादमा ल्याउने उद्देश्य सहित बेलबारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र प्रसाद कोइरालालाई दोहोरो सुविधा पाउने गरी क्याम्पस प्रमुख नियुक्ति गरिएकाले नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको गम्भीर ध्यानाकर्षण भएको सभापति सुजन अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बेलबारी नगरपालिकाका मेयर सुवेदी नै क्याम्पसका अध्यक्ष भएको ठाउमानै हेपाहा प्रवित्तिले ठाडो कोइरालालाई नियुक्ति गर्नु र कानुन विपरित नियुक्ति गर्नु आपत्तिजनक रहेको नेपाली काँग्रेस बेलबारी नगर सचिव उपेन्द्र सुवेदीले बताए ।