देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपामा यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठक जारी

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबार पार्टी कार्यालय बालकुमारीमा जारी रहेको छ ।

बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको प्रशिक्षण र सर्वोच्च अदालतमा महन्थ ठाकुरले दिएको मुद्दा र निर्वाचन आयोगमा जारी आधिकारिकता विवादका विषयमा पनि छलफल हुनेछ ।

जनता समाजवादी पार्टीको विवाद निरुपणका लागि निर्वाचन आयोगले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई साउन ११ गते उपस्थित हुन आदेश दिएको छ । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका छन् ।